गलकोटमा परम्परागत होली मेला चैत दोस्रो साता

303

बागलुङ । होली पूर्णिमा मेला २०७७ नजिकिए सँगै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका-७ मल्म बागलुङले आफ्नो ३६औँ वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ ।

संस्थाको कार्यालय मल्म सप्ताहघाटमा आज सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद तथा सांस्कतिक कार्यक्रम सहित राष्ट्रिय स्तरका कलाकारहरुको साथमा मेला गर्न लागिएको अध्यक्ष थापाले बताए । मेलाको अवसरमा बृहत कृषि मेला प्रदर्शनी, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, सामूहिक लोक नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समितिका उपाध्यक्ष जीवन साहनीले बताए ।

मेला अवधिभर जेष्ठ नागरिक, भूतपूर्व भलिबल खेलाडी, सक्रिय समाजसेवी, सफल व्यवसायी सम्मान गरिने संस्थाले जनाएको छ । मेलामा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ ।

स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको घुम्टे युवा परिवारले सामाजिक जागरणको अभियानमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

बागलुङ जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवार ‘खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नाराका साथ विसं २०४१ सालमा स्थापना भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...