समर्थन फिर्ता लिने वा नलिनेबारे माओवादी केन्द्र अलमलमा [भिडियाे]

649

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि जारी राख्ने भन्ने विषयमा नेकपा माओवादी केन्द्र अलमलमा परेको छ । नेकपा विघटन भएपछि सदन र सकारमा कसरी अगाडि बढ्ने भन्ने विषयमा माओवादी केन्द्रले कुनै निर्णय गर्न सकेको छैन ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रको प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने वा निरन्तर समर्थन गर्दै जाने भन्ने विषयमा कुनै निर्णय नभएको बताएका छन् ।

संसद विघटन पुनः स्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने प्रतिपक्ष दल र माओवादी केन्द्रलगायत एमाले भित्रको केही नेताहरुलेसमेत बताइरहेका छन् । तर पार्टीले दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा भने माओवादीले कुनै निर्णय गर्न सकेको छैन ।

तत्कालीन दुई पार्टी एकता पछि नेकपा गठन भएपछि सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...