राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त : ढुंगाना पहिलो महिला गभर्नर

380

काठमाडौं । सरकारले निलम ढुंगाना र बम बहादुर मिश्रलाई नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको श्रोतले जनाएको छ ।

राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि ब्यापक लबिङ हुँदै आएको थियो ।

डेपुटी गभर्नरका ढुंगाना र मिश्रसहित कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, डा. गुणाकर भट्ट, देव कुमार ढकाल, भुवन कँडेल, नेफिल मटाङ्गी मास्केलगायतको नाम चर्चामा थियो ।

राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर नियुक्त भएको हो ।

गत फागुन १८ गते गभर्नरका रुपमा रहेका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि सो पद खाली रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...