काठमाडौं मेयर्स कप : बागमती प्रदेशको पहिलो जित, एपिएफ २७ रनले पराजित

249

काठमाडौं । ‘काठमाडौं मेयर्स कप–२०७७’ अन्तर्गत बागमती प्रदेश विजयी भएको छ । पहिलो जित हात पार्ने क्रममा बागमतीले सशस्त्र प्रहरी बल (एपिएफ)लाई २७ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्रउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवको अर्धशतकीय पारीको मद्धतमा २ सय ३३ रन बनाएको थियो ।

आकाश थापालाई व्यक्तिगत एक रनमा गुमाएको बागमतीका मल्ल र पारस खड्का मिलेर टोलीको स्कोर ५९ रनसम्म पुर्याए । मल्लले ५७ तथा खड्काले २९ रन जोडे । यस्तै, नन्दन यादव ६० रनमा अविजित रहे ।

आदिल खानले ६० तथा इशान पाण्डेले ३१ रन बनाउँदा पृथु बास्कोटा पाँच रनमा आउट भए ।

२ सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले ४४.५ ओभरमा २ सय ६ रन मात्र बनाउन सक्यो । एपिएफका आसिफ शेखले ५०, शंकर राणाले २९, अमर रौटेलाले २७, सन्दीप जोराले २५ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन । बागमतीका बलरहरुले २२ रन अतिरिक्त दिएका थिए ।

पहिलो जित हात पारेको बागमतीले तीन खेलबाट २ अंक जोडेको छ । समान ४ अंक भएपनि रनरेटको आधारमा पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ भने एपिएफ तेस्रो स्थानमा रहेको छ ।

आजै मुलपानी क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपाल पुलिस क्लब जिजयी भएको छ । आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा भेट्टाउँदै ३ विकेटको जित हासिल गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...