पछिल्लो २४ घन्टामा थप ५९ संक्रमित थपिँदा ६० जना कोरोनामुक्त

127

काठमाडौं । पछिल्लो २४ घन्टामा ५९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ७ सय १५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ३४ पुरुष र २५ महिला गरी कुल ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । यीमध्ये ८ सय ७० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ६० जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ९ सय ८७ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा थप एक जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...