काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि संकटमा परेको प्रचण्ड-नेपाल समूहले अन्ततः एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गरेका छन् ।
सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले बताए ।
यो निर्णयसहित आजको प्रचण्ड-नेपाल पक्षको बिदाइ बैठकमा परिणत भएको छ ।