फर्निचर उद्योगमा आगलागीबाट ४५ लाख बराबरको क्षति

501

भरतपुर । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबारराति आगलागी भएको छ । भरतपुर महानगरपालिका-१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करिब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

विद्युत चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२स्३५ मा नियन्त्रणमा आएको थियो ।

भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...