ब्राउन सुगरसहित ४ जना पक्राउ

436

इलाम । इलाम नगरपालिका–७ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बू रहेका छन् ।

सोमबार ५ बजे विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ७ सय ५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट थान १, नगद एक हजार ५ सय र लागुऔषध सेवन गर्ने ढुङग्रोसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...