महोत्तरी । महोत्तरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका महोत्तरी–सलाृही इञ्चार्ज पक्राउ परेका छन् ।
विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमल बहादुर सुसलिङलाई पक्राउ गरेको हो ।
आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशला नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्रहरीले खोजी सूचिमा राखेका शुसलिङलाई आइतबार साँझ पक्राउ गरिएको हो ।