संसद भवनभित्र प्रवेश गर्ने सबैलाई बुधबारदेखि कोरोना खोप लगाइने

159

काठमाडौं । संघीय संसदको हिउँदै अधिवेशन आव्हान भएलगत्तै संसद सचिवालयले सभामुख र राष्ट्रियसभा अध्यक्षसहित सबै सांसदहरुलाई बुधबार कोरोनाविरुद्धको खोप लगाउन सिभिल अस्पताल बोलाएको छ ।

खोप लगाएरमात्र संसद भवनमा पस्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचरी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकारहरुलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

बुधबार सांसदहरुले खोप लगाउनेछन् भने अन्यको बिहीबार र शुक्रबार तोकिएको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...