कोरोना अपडेट : पछिल्लो २४ घन्टामा ११२ जनामा संक्रमण पुष्टि, ४ जनको मृत्यु

170

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ९ सय ४४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय १२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । यीमध्ये ९ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ५४ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ५४ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार २ सय ७७ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको छ भने सोही अवधिमा अन्य २ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मृत्यु भएका ४ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...