कपाल बढाउने सजिलो तरिका

291

काठमाडौं । मानिसको सौन्दर्यता कपालबाट पनि झल्किने गर्छ । बाहिरी धुवाँधुलो लगायत अन्य कारणले कपालमा विभिन्न खाले समस्या देखा पर्दछन् । अब तपाईँ यी विधि अपनाउनुहोस् जसले तपाईंको कपाल बढाउन सहयोग पुग्नेछ ।

कपालमा लामो समयसम्म तेल लगाउँदा कपाल कडा हुने, रङ उड्ने र कमजोर हुनेलगायतको समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

-एउटा भाँडोमा नरिवलको तेल राख्नुहोस् ।

-उक्त तेललाई हल्का तताउनुहोस् ।

-मनतातो तेल हातको सहायताले कपालमा मसाज गर्नुहोस् ।

-कपालको जरासम्म पुग्नेगरी सर्कुलर मोसनमा मसाज गर्नुहोस् ।

-लगभग तीन मिनेटसम्म मसाज गर्नुहोस् ।

(मसाजपछि टाउकोमा रक्तसञ्चार बढाउँछ र छिटो कपाल बढ्छ)

Share This:
सम्बन्धित खबर
Loading...