गायिका अन्जु पन्तले गरिन् थीर कोइरालासँग विवाह

181

काठमाडौं । गायिका अञ्जु पन्तले विवाह गरेकी छन् । उनले प्रेमी थीर कोइरालासँग बुधबार पाटनको एक चर्चमा ख्रीष्टियन परम्पराअनुसार विवाह गरकी हुन् । अन्जु र थीर दुवै ख्रीष्टियन धर्ममा आस्था राख्छन् ।

उनीहरु विगत् एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीहरुको विवाह कुनै धुमधाम नगरी सामान्यरुपमा भएको छ । बिहेमा सीमित आफन्तहरु र नजिकका साथीहरुलाई बोलाइएको बताइएको छ ।

उनीहरु दुवैले यसपटकको भ्यालेन्टाइन डे का दिन आफूहरु एकआपसमा प्रेममा रहेको सार्वजनिक गरेका थिए । गायिका पन्तको गायक मनोजराजसँग १० वर्ष अघि सम्बन्ध बिच्छेद भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...