स्वास्थ्यमन्त्री मेहतासँग मेयर महर्जनको छलफल

15

काठमाडौँ, २२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबिच समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबिच मानसिक अस्पताल लगनखेल अगाडि निर्माण हुनलागेको अपाङ्गमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा ललितपुर महानगरपालिकाभित्रका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण, पूर्वाधार विकास तथा सङ्घीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको जानकारी दिइएको छ ।

सो अवसरमा मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । महानगरपालिका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...