झापा, २२ साउन । भद्रपुर नगरपालिकाको अत्यावश्यक वारुणयन्त्र (दमकल) सेवामा प्राविधिक समस्या आएपछि अस्थायी रूपमा बन्द गरिएको छ । दमकलमा प्राविधिक समस्या आएपछि मर्मत गर्न आजदेखि कार्यशालामा पठाइएको नगरपालिकाद्वारा जारी सूचना जारी उल्लेख छ ।
मर्मत सम्पन्न भइ पुनः सञ्चालनमा नआएसम्म सेवा उपलब्ध नहुने नगरपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत मनिषा श्रेष्ठद्वारा जारी सूचनामा जनाइएको छ । योसँगै आगलागी वा अन्य विपद्का घटना भए तत्काल उद्धार तथा नियन्त्रणका लागि छिमेकी स्थानीय तहका दमकल सेवासँग निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ ।
नगरपालिकाले मर्मतलाई प्राथमिकताका साथ अघि बढाइएको जनाउँदै यस अवधिमा नागरिकलाई आगलागी तथा अन्य विपद् जोखिमप्रति थप सतर्क रहन आग्रह गरेको छ ।