यी पोर्न स्टारले गरे एक मिलियन डलरमा गुप्ताङ्गको बिमा

408

एजेन्सी । पोर्न उद्योग जति नै बदनाम र फोहोरी भएपनि कुनै न कुनै कारण चर्चामा आउने गरेको छ । हालै एक पोर्न स्टार एक्कासी चर्चामा आएका छन् । उनी चर्चामा आउनुको कारण अरु कुनै नभई आफ्नो गुप्ताङ्गको बिमा गराउनु हो । यी स्टारले आफ्नो गुप्ताङ्गको बिमा सानोतिनो रुपैयाँमा गरेका भने होइनन् । उनले झण्डै एक मिलियन डलरमा गुप्ताङ्ग बिमा गरेका हुन् ।

यही बिषयमा उनले आफ्नो अन्तर्वार्ताका क्रममा मानिसहले आफ्नो खजानाको सुरक्षा गर्नुपर्ने बताए । यी एडल्ट स्टारले अहिलेसम्म लगभग ५ हजार फिल्महरुमा काम गरिसकेका छन् । यो खुलासा पछि उनको चर्चा अझै बढेर गएको छ ।

उनी १८ वर्षको उमेरदेखि यस उद्योगमा छन् । क्यारेन लि नाम गरेका यी व्यक्ति पोर्न उद्योगमा सबैभन्दा बढी कमाउनेमा गनिन्छन् । उनी एक दिनमा करीब तीन लाखसम्म कमाउँछन् । क्यारेन सामाजिक सञ्जालमा धेरै एक्टिभ छन् । उनले चलाउने भनेको इन्स्टाग्राम हो । त्यसमा आफ्नो फोटो पोस्ट गरी नै रहन्छन् ।

त्यसो त उनले यी फिल्म खेलेर पुरस्कार पनि पाएका छन् । उनी आफू बुढो हुँदै गएको भन्दै गुप्ताङ्गको बिमा गरेको बताउँछन् । सामाजिक रुपमा यस्ता फिल्महरु घृणित मानिए पनि यिनको व्यापारमा कुनै कमि छैन । धेरै देशहरुमा सरकारले दर्ता गरेर नै यस्तो उद्योग खोल्न दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...