मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

0

काठमाडौँ, २ साउन । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...