लागुऔषधसहित दुई जना पक्राउ

164

झापा । झापा जिल्लाको झापा गाउँपालिका ४ बेलायतीबारीस्थित सीमा इलाकाबाट बुधबार एपिएफ टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ७ बस्ने ४० वर्षीय जेठा सरेण्ड र सोही जिल्लाको कन्काई नगरपालिका ६ बस्ने २३ वर्षीय सुरेश थापा छन् ।

प्रदेश नम्बर ३–०३–००१ प ३२७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय ५ ग्राम ब्राउन सुगर र २० वटा नाइट्राजेपाम ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो ।

उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुलमखोडमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...