एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनको श्रीमती करिब एक वर्षपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छन् ।
री-सोल जु किमको स्वर्गीय पिता तथा पूर्व नेता किम जोङ इलकाे जन्मदिन मनाउन मंगलबार कन्सर्टमा उनका श्रीमान्सँगै सामेल भइन् ।
श्रीमती री श्रीमान्सँग विगतका ठूला कार्यक्रमहरुमा देखा पर्ने गरेकी थिइन् । तर गत वर्षको जनवरीदेखि उनी सार्वजनिक कार्यक्रमहरुमा देखा परेकी थिइनन् ।
उनको अनुपस्थितिलाई लिएर कतिपयले उनको स्वास्थ्य र गर्भवस्थामाथि अड्कलबाजी लगाइएको थियो ।
दक्षिण कोरियाली नेसनल इन्टेलिजेन्स सर्भिसले भनेका थिए, “कि श्रीमती रीले कोभिड–१९ का कारण सार्वजनिकरुपमा देखा पर्नबाट जोगिइरहेकी छन् र उनले बच्चाहरुसँग समय बिताइरहेकी हुन सक्दछ ।”