पक्राउ परेका किशाेरले भागरथीकाे हत्या गरेको स्वीकार गरिसके : प्रहरी

भागरथी भट्ट हत्या प्रकरण

296

बैतडी । दोगडाकेदार गाउँपालिका–७ बस्ने करिब १८ वर्षीया भागरथी भट्टलाई जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त किशोरलाई सार्वजनिक गरिएको छ ।

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएकी र फोन स्वीच अफ भएपछि खोजी गर्ने क्रममा माघ २२ गते दिउँसो जंगलमा फेला मृत अवस्थामा फेला परेकी थिइन् ।

लडालेक भन्ने लबलेक जंगल सडक छेउभन्दा करिब ३० मिटर तल टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ र योनीबाट रगत जस्तो पदार्थ बगेको अवस्थामा मृत फेला परेकी थिइन् ।

उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने अभियुक्त अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गएका थिए । अभियुक्त साथीहरुलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको, हिड्ने क्रममा भागरथीलाई मार्ने उद्देश्यले घटनास्थलमाथि रहेको सडकमा कुरी बसेको, भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली दिई हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर जिल्ला अदालत बैतडीबाट ५ दिन म्यद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भागरथी हत्याका आरोपमा पक्राउ परेका किशाेरले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएका बताए ।

किशाेरले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताए ।

“अनुसन्धानमा उनी एक्लै घटनामा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याबलगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौँ” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...