सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ

7

सर्लाही, ५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ बजे मलङ्गवा नगरपालिका–१० स्थित डिम पुल क्षेत्रमा विशेष चेकजाँचका क्रममा मप्र ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद ३२ लाख रूपैयाँ फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा सर्लाही रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडुकुमार यादव र रामनगर गाउँपालिका–१ निवासी २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल, ओप्पो रेनो एघार र सामसुङ ग्यालेक्सी एम ३६ मोबाइल फोनसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि हुण्डी मुद्दामा अनुसन्धान भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...