कैदी मृत्यु प्रकरण : १५ जनालाई जन्मकैदको सजाय

79

खाँदबारी, २ असार । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाइ भएको छ ।

जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।

दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिनुभयो । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो ।

त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतका श्रेस्तेदार न्यौपानेले बताउनुभयो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।

कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेह्रथुम कारागार चलान गरेको थियो । कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद फैसला भएको छ ।

त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको अदालतका श्रेस्तादार न्यौपानेले जानकारी दिनुभयो ।

कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश भएको थियो ।

सम्बन्धित समाचार 

दुई जना कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरू

कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरू

कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता

कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा

कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान जारी

कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता देखियो : छानबिन समिति

कैदीबन्दी मृत्यु प्रकरण : कुटपिटपछि कारागारमै मृत्यु भएको मानव अधिकार आयोगको निष्कर्ष

कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुख र असईविरूद्ध पक्राउ पुर्जी जारीपछि आफन्तले बुझे शव

कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरी पक्राउ, ५ दिन हिरासतमा राख्न अनुमति

कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी, अझै आफन्तले शव बुझ्न मानेनन्

‘कैदी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुन्छ’

कैदी मृत्यु प्रकरण : घटनामा संलग्न १० प्रहरीसहित १५ नियन्त्रणमा

कैदी मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा

कारागारभित्र कैदी मृत्यु प्रकरण : आफन्तद्वारा निष्पक्ष छानबिनको माग

कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

सङ्खुवासभा कारागारमा २ जनाको मृत्यु प्रकरण : कुटपिटको आरोपमा ९ जना नियन्त्रणमा

Share This:
सम्बन्धित खबर
Loading...