खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ

9

बिर्तामोड, ३० जेठ । झापाको मेचीनगरबाट खैरो हिरोइनसहित बिर्तामोडका एक जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले आज दिउँसो मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोड नगरपालिका–७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका राजवंशीलाई शङ्काका आधारमा जाँच गर्दा प्लास्टिकबाहेक पाँच ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो । बरामद लागुऔषधसहित निजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको पूर्वी नाका क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...