नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा पक्राउ

211

काठमाडौं । नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रकृया रहेकोमा गत असोज ६ गते डा. कृष्ण रिजालको निवेदन फारममा जितेन्द्रले डा. जितेन्द्र शर्मा, एनएमसी रजिष्ट्रेसन नम्बर २३६४ लेखी सहिछाप गरेकोमा किर्ते गरेको शंकालागि अनुसन्धान गर्ने क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त नगरी सहिछाप गरेको खुल्न आएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...