कटुवा पेस्तोलसहित एक जना पक्राउ

212

पर्सा । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिबाट अवैध हतियारसहित पक्राउ परेका छन् ।

बिहीबार राति करिब ९ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया स्थित सडकमा चेकजाँच गर्ने क्रममा रामा साह पक्राउ परेका हुन् ।

अन्दाजी २४ को रामा साह भन्ने उपेन्द्र साह मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट घरेलु हतियार कटुवा पेस्तोल थान १ र BR5AF 4647 नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...