चोरीकाे २४ थान ब्याट्रीसहित पक्राउ

166

पर्सा । पार्किङ गरिराखेको गाडीबाट ब्याट्री चोरी गर्ने र ब्याट्रि खरिद गर्ने व्यक्ति पक्राउ परेका छन् ।

गत मंगलबार अन्दाजी साढे ११ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका १५ प्रतिमा चोक स्थितमा ४० फिटेरोडमा पार्किङ गरिराखेको ना ३ ख ९३५७ नम्बरको ट्रक बाट भेडियाही बस्ने लालबाबु सिंह राजपुतको छोरा वर्ष ३० को निरज सिंहले उक्त ट्रकको ब्याट्री चोरी गरी ना २ ह ५९०७ नम्बरको अटोमा लोड गरि लादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गर्दा उनले विभिन्न समयमा चोरी गरेका ब्याट्रीहरु जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर८ पानीटंकी स्थित बस्ने वर्ष ४१ को मनिष कुमार रौनियारलाई बिक्री गरेको भनि बताएकोले चोरलाई प्रोत्सान तथा संरक्षण गर्ने निज मनिष कुमार रौनियारको घर खानतलासी गर्दा १२ भोल्टको ब्याट्री २४ थानसहित उनलाई पक्राउ गरी कार्यालयमा ल्याई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...