पछिल्लो २४ घन्टामा १२७ जना संक्रमित थपिँदा १३६ निको, २ जनाको मृत्यु

कोरोना अपडेट

134

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरबाट ४ हजार जनामा गरिएको पिसिआर परीक्षणका नतिजामा १ सय २७ जनालाई संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय २७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । यीमध्ये १ हजार ७ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप १ सय ३६ जनाले कोरोना संक्रमण जितेका छन् । संक्रमणमुक्त भएका १ सय ३६ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६८ हजार ७ सय ९६ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...