मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

165

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

राति साढे ७ बजेको समयमा प्रदेश १-०२-०४३प८८२७ नम्बरको मोटरसाइकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका-४ का ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिँदा घाइते भएका साहको उपचारको क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...