विश्व नृत्य दिवस : विश्वभर विभिन्न कार्यक्रमकासाथ मनाइँदै

5

काठमाडौँ, १६ वैशाख । आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा नृत्यलाई सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । यस वर्ष विश्वभर ‘समावेशीता, सांस्कृतिक विविधता, र आन्दोलनको विश्वव्यापी भाषा’भन्ने मूल नाराकासाथ नृत्य दिवस मनाइँदै छ ।

सन् १९८२ मा International Theatre Institute (आइटिआई) को नृत्य समितिले युनेस्कोको सहकार्यमा यस दिवसको सुरुवात गरेको हो ।

प्रत्येक वर्ष अप्रिल २९ मा यो दिवस मनाइन्छ, जुन आधुनिक ब्यालेका जनक मानिने Jean–Georges Noverre को जन्मदिनको स्मरणमा मनाउन सुरू गरिएको हो ।

अन्तर्राष्ट्रिय नृत्य दिवसको मुख्य उद्देश्य नृत्यलाई केवल मनोरञ्जनको माध्यम नभइ शिक्षा, स्वास्थ्य, अनुशासन, सांस्कृतिक संरक्षण र सामाजिक सद्‌भावको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्नु हो । यस दिन विश्वभर नृत्य प्रस्तुति, कार्यशाला, सेमिनार, प्रदर्शनी, सम्मान कार्यक्रम तथा सांस्कृतिक उत्सव आयोजना गरिन्छ ।

नेपालमा पनि लोक, शास्त्रीय, आधुनिक, समकालीन तथा विभिन्न जातीय समुदायका मौलिक नृत्यहरूको संरक्षण र प्रवद्र्धनका लागि यो दिवस विशेष रूपमा मनाइन्छ । सांस्कृतिक संस्थाहरू, नृत्य विद्यालय, कलाकार तथा विद्यार्थीहरूले विविध कार्यक्रममार्फत नेपाली नृत्य परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गर्दै आएका छन् ।

नृत्यले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन, आत्मविश्वास र सामाजिक सम्बन्धलाई पनि मजबुत बनाउँछ । तनाव कम गर्ने, स्वास्थ्य सुधार गर्ने तथा सकारात्मक ऊर्जा दिने माध्यमका रूपमा पनि नृत्यलाई महत्त्वपूर्ण मानिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...