थप १३० जनामा संक्रमण, ७ जनाको मृत्यु

कोरोना अपडेट

177

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घन्टामा १ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ३० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । यीमध्ये १ हजार ७ सय जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप १ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ९४ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६८ हजार२ सय ६६ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...