बाजुराको हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

14

बाजुरा, २५ चैत । बाजुराको दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएको छ । रिरास परियोजनामार्फत उक्त मिल वितरण गरिएका हुन् । हिमाली गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ अगुवा कृषकहरूलाई विद्युतीय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतीय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

मिल वितरणले कृषकहरूलाई राहत मिल्ने रिरास परियोजना कृषि प्राविधिक खेम ओलीले बताउनुभयो । कृषकलाई गाउँ घरमा घन्टौँ समय लागेर धान, गहुँ, मकै र कोदो पिस्न सजिलो हुने भएको हो ।

विगत लामो समयदेखि कुटानी पिसानी विभिन्न समस्या झेल्दै आइरहेका कृषकलाई आधुनिक मिल पाएपछि सहज हुने गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनुभयो ।

संस्थाले आधुनिक मिल दिएपछि गहुँ, कोदोको पिठो बनाउन गाउँबाट घन्टौँ पैदल यात्रा गरेर घट्ट पिस्न जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको उहाँले बताउनुभयो । आधुनिक वितरण कार्यक्रममा हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डे वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप बुढथापा, हिमाली गाउँपालिका कृषि विकास शाखा विज्ञ लोकेश कुमार शाहीसहित कृषकहरूको उपस्थितमा उक्त मिल वितरण गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...