ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

163

खाँदबारी, १८ चैत । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...