हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

172

बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका-१८ लग्दहवा ठेगाना भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मी (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुल्मी घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगञ्ज उपमहानगरपालिका-४ बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका-७ का तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम, नेपालगञ्ज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगञ्ज महानगरपालिका-५ बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर रहेका छन् ।

यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका-१ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका-२ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगञ्जमा कार्यरत प्रविण गत माघ २ गते नेपालगञ्ज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...