काठमाडौँ, १६ चैत । सरकारले मन्त्रीपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अपरान्ह बिहीबार दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरिएको हो ।