प्रदेश एकमा आज थप ४५२ जनामा कोरोना संक्रमण पुष्टि

171

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ मा थप ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा सोमबार गरिएको एक हजार १ सय ७६ जनाको पिसिआर परीक्षणमा १ सय ८८ महिला र २ सय ६४ पुरुषको एक हजार १ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८८ महिला र २ सय ६४ पुरुष गरी कूल ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

यसरी कोरोना संक्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका १ सय ९० सहित २ सय ४२, सुनसरीका १ सय ८४, झापाका आठ, इलामका दुई, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरका एक÷एक जना तथा प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या १० हजार ७ सय ५१ पुगेको छ । प्रदेशमा आज ४४ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या चार हजार ८ सय ५५ पुगेको छ । अहिलेसम्म एक लाख ३८ हजार ६ सय ९२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...