लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद्‌मा पुर्‍याउने छु : श्रेष्ठ

20

काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद्‌मा पुर्‍याउने बताउनुभएको छ ।

रास्वपाले लितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुई दिने आवासीय अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै भूमिकाले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, सामाजिक न्यायको विषय र हामीले भोगेको विभेद्‌को विषयमा न्यूनीकरण गर्ने मुख्य एजेन्डा रहेको बताउनुभयो ।

“संसद्‌मा मेरो मुख्य एजेन्डा भनेको लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, नागरिकता स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक न्यायको विषय र हामीले भोगेको विभेदको विषयमा न्यूनीकरण गर्ने र तेसको अन्त्य गर्ने मेरो मुख्य एजेन्डा हो,” उहाँले भन्नुभयो ।

उहाँले विशेसगरी पछाडि पारेको समुदाय मात्र नभइ अल्पसङ्ख्यक मुस्लिम, मधेसी र अपाङ्गता भएका व्यक्तिहरूको समस्या संसद्सम्म पुर्‍याउने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेसगरी पछाडि पारेको समुदायको म र मेरो समुदाय मात्र नभइ अल्पसङ्ख्यक मुस्लिम मधेसी अपाङ्गता भएका व्यक्तिहरूको समस्या चाहिँ लैजनो योजना छ ।”

रास्वपाले समावेशिता र समताको मूल धारलाई अगाडि ल्याउने कोसिस गरेको छ तसको ज्वलन्त उदाहरण आफू रहेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...