सङ्खुवासभामा एमालेका कार्की निर्वाचित

40

खाँदबारी, २६ फागुन । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का डा.अर्जुन कुमार कार्की विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा यसपटक एक लाख १९ हजार ६३० मतदाता रहेकामा ६३ हजार ६३४ मत खसेको थियो । बिहीबार भएको निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

Share This:
सम्बन्धित खबर
Loading...