काठमाडौँ, २२ फागुन । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राख्नुभएको छ ।
१४ हजार २२ मतगणना हुँदा लामिछानेले ६ हजार ७०० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत पाउनुभएको छ ।
नेपाली काङ्ग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङले १ हजार ५५७ मत ल्याउनुभएको छ ।