बागलुङमा विद्युत् सेवा प्रभावकारी बनाइँदै

255
  • थम्मन थापा

बागलुङ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादन लाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा न ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु गरेको छ ।

विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी प्रभावकारी बनाउने उद्देश्यले आवश्यकता अनुरुप कार्य सम्पादन गरिरहेको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । केन्द्रीय विद्युत उपभोग गर्ने ग्राहकहरुको संख्या वृद्धि हुँदै गएपछि ट्रान्सफर्मरको लोड व्यवस्थापन गर्नको निमित्त मल्म ठूलचौतारामा २५ केभी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नयाँ ट्रान्सफर्मरको एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख शिव नारायण गोशेलिले स्वीच अन गरी सेवा सुभारम्भ गरे । उक्त ट्रान्सफर्मरबाट मल्मको अर्बेदी, खाली र टोकरीका झन्डै ५० घर धुरी लाभान्वित भएका छन । वडामा विद्युतीकरणलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गरी जनताको दैनिकीमा सहजता ल्याउन केही समय आगाडि वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफर्मर र अन्य विद्युतका सामग्रीहरु माग गरेको गलकोट नगरपालिका वडा म्बर ७ का अध्यक्ष सुबेदार टीका बहादुर थापाले बताए ।

वडालाई गत वर्षदेखि काठको पोल मुक्त बनाइएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिए। सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो । मल्ममा विसं २०६८ सालदेखि केन्द्रीय विद्युत सेवा सञ्चालनमा आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...