भोजपुरमा तेह्र पक्की पुल निर्माण

4

भोजपुर, ६ फागुन । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख रूपैयाँ, आरीखोलामा तीन करोड रूपैयाँ, वेहेरे खोलामा तीन करोड ५० लाख रूपैयाँ, खाल्डे पिखुवा खोलामा दुई करोड ५० लाख रूपैयाँ, राउते खोलामा तीन करोड ५० लाख रूपैयाँ, कावाखोला सात करोड ५० लाख रूपैयाँ र श्यामखोला तीन करोड ४२ लाख रूपैयाँको लागतमा पक्की पुल निर्माण भएका हुन् ।

त्यसैगरी, बङ्खुवा खोलामा दुई करोड २५ लाख रूपैयाँ, गङ्खुवा खोलामा चार करोड ५० लाख रूपैयाँ, सिक्तेल खोलामा चार करोड रूपैयाँ, एखुवा खोलामा छ करोड ६० लाख रूपैयाँ, चिरखुवा खोलामा पाँच करोड ६३ लाख रूपैयाँमा पक्की पुल निर्माण भएका हुन् । तामुटारमारु छ करोड ३५ लाखमा निर्माणाधीन पुल अन्तिम चरणमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...