सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

8

दाङ, २६ माघ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन ।

लु प्र ०२००१ प ११०२ नम्बर को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...