अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

16

अर्घाखाँची, १७ माघ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मालारानी गाउँपालिका–५ बस्ने ३२ वर्षीय उमेश खत्रीको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरक्षिक दिवस जिसीले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...