उपप्रमुख डङ्गोल कार्यवाहक प्रमुख

14

काठमाडौँ, ५ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएसँगै उपप्रमुख सुनिता डङ्गोल कार्यवाहक प्रमुख बन्नुभएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिको प्रचलित कानुनी व्यवस्थाबमोजिम महानगर प्रमुख शाहले राजीनामा दिएसँगै उहाँ कार्यवाहक प्रमुख बन्नुभएको हो ।

प्रमुख शाहले आइतबार उपप्रमुख डङ्गोलसमक्ष पेस गर्नुभएको राजनीनामा पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाबमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेस गर्दछु ।’

संविधानमा नगर कार्यपालिका प्रमुख÷उपप्रमुखबारे व्यवस्था गरिएको छ भने नेपालको संविधान २०७२ को धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्यु भएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ ।

शाहले पदबाट राजीनामा दिएपछि सुनिता डङ्गोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै आइतबार नगर कार्यपालिका बैठक आह्वान गरी प्रमुख शाहले पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको थियो । बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले प्रमुख शाहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासनलगायतका क्षेत्रमा गरेको कामको उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...