कोरोना अपडेट : थप ३३९ जनामा कोरोना संक्रमण, १० को मृत्यु

245

काठमाडौं । केहि समययता देशभर कोरोना संक्रमितको संख्यामा कमी हुँदै आएको छ । पछिल्लो २४ घन्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ८ सय ५८ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ६ पुरुष र १ सय ३३ महिला गरी ३ सय ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ३ सय ३९ जनासहित कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । यीमध्ये ३ हजार २ सय ४० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा ४, प्रदेश दुईमा १०, बागमती प्रदेशमा १ सय ९७, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा ७४, सुदूरपश्चि प्रदेशमा ८ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा ४ सय ०१ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६४ हजार ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.१ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । थपिएका १० जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ सय जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...