एक करोड ६८ लाखमा भवन निर्माण

13

बागलुङ, १७ पुस । तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण एक करोड ६८ रूपैयाँ लागतमा भएको छ ।

वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण गरिएको छ । सभाहल दुई सय सिट क्षमताको छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुने छ ।

वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...