लागुऔषध कारोबारमा संलग्न भारतीय महिलासहित चार जना पक्राउ

174

विराटनगर । छुट्टाछुट्टै स्थानबाट लागुऔषध कारोबारमा संलग्न भारतीय महिलासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–१५ स्थित सीमा क्षेत्रबाट लागुऔषधसहित एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० वर्षीया लक्ष्मीदेवी साह रहेकी छन् । उनलाई शुक्रबार सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो–प्रोक्जिवोन–७२० ट्याब्लेट र फेनारागन–६० एम्पुलसहित पक्राउ गरेको हो ।

यसैगरी झापा दमक–८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रतुवामाई–२ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई–८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन् ।

शुक्रबार विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को२१प १०३ नम्बरको मोटरसाइकलमा सवार गरी आएका उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनीहरुमाथिथी चेकजाँच गर्दा ३६ ग्राम ब्राउनसुगर पेला पारी बरामद गरिएको थियो ।

साथै उनीहरुको साथबाट नगद ४ हजार ७ सय रुपैयाँसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकले जनएको छ ।

यस्तै, झापाको मेचीनगर–६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी–२ का ३१ वर्षीय सुजन परियार लागुऔषधसहित पक्राउ परेका छन् । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

यसरी लागुऔषधसहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...