काठमाडौँ, ३ पुस । नेकपा (एमाले)को महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी हुनुभएको हो भने उपमहासचिवमा योगेशले १३४८ मत पाउनुभएको छ ।
११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।