आगलागीमा परी वृद्धको मृत्यु

33

खाँदबारी, २८ मङ्सिर । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उहाँको घरमा आगलागी भएको थियो ।

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...