आजको समयले केपी ओलीकै नेतृत्व माग गरेको छ : भगवती न्यौपाने

29

काठमाडौँ, २६ मङ्सिर । नेकपा (एमाले)की नेतृ भगवती न्यौपानेले नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने भन्दै आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा जारी एमालेको सचिवालय बैठकको क्रममा उहाँले नेतृत्व पुस्ताभन्दा पनि योग्यता, क्षमता र समयको मागको आधारमा हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने हो । त्यसैले पुस्ताभन्दा पनि योग्यता, क्षमता र समयको माग पनि हो । आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको छ । त्यसैले अहिलेको अध्यक्षको नेतृत्वमा नै कमिटी बन्छ ।”

त्यस्तै, उहाँले अहिले केपी ओलीले लिएको राष्ट्रवादको कारण उहाँमाथि आक्रमण भइरहेको भन्दै ओलीमाथिको आक्रमणलाई देशमाथिको आक्रमणको रुपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।

“अहिले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण किन भइरहेको छ भन्ने विषयमा सबैले बुझ्न जरुरी छ । हामी स्वाभिमानी नेपाली भएपछि यो देशमाथिको आक्रमण हो भन्ने बुझ्नुपर्छ । केपी ओलीले लिएको राष्ट्रवादको कारण यो हमला भएको हो,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...