नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम

19

काठमाडौँ, २६ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाएको बताउनुभएको छ ।

शुक्रबार पदभार ग्रहण गर्दै उहाँले नेताहरुले कमिसन खानको लागि बिचौलियाहरुलाई टाउको वा गोजिमा राखेर हिँड्ने गरेकाले नागरिकहरुले दुःख पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौँ । तर, यसको उपयोग हुन सकेन । यसमा केही दोषहरु छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौँ । दोस्रो कुरा हामीले बिचौलियाहरुलाई धेरै प्राथमिकता दियौँ, नेताहरु पनि आफैँ लागे बिचौलियाहरुलाई टाउकोमा राख्न, गोजिमा राखेर हिँडे । कमिसन खानको लागि नेताहरुले बाटो बिराए । यसले गर्दा नागरिकहरुले दुःख पाएका हुन् ।”

यस्तै, उहाँले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरु विदेश गएको र त्यसकारणले पनि जमिनहरु बाझो हुँदै गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप लगाएको होइन । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर, यस्तो कामहरु केही पनि गरेको देखिएन ।”

Share This:
सम्बन्धित खबर
Loading...